सुचना, समाचार र मनोरन्जन
Election Commission V2

प्रदेश सभाअन्तर्गत लमजुङका दुवै क्षेत्रमा नेपाली कांग्रेस विजयी

लमजुङ/
गण्डकी प्रदेश सभाअन्तर्गत लमजुङका दुवै क्षेत्रमा नेपाली कांग्रेसका उम्मेदवारले जित हात पारेका छन् । निर्वाचन क्षेत्र नम्बर (क)मा नेपाली कांग्रेसका टकराज गुरुङ र ९ख० मा भेषबहादुर पौडेल विजयी भएका हुन् ।

टकराजले १८ हजार ५०४ मत ल्याएर निर्वाचित भएका हुन् । उनले आफ्ना प्रतिस्पर्धी नेकपा एमालेका जमिन्द्रमन घलेलाई पराजित गरेका हुन् । घलेले १७ हजार ३४३ मत ल्याए । यस्तै प्रदेशसभा ख तर्फ भेषबहादुर पौडेलले एमालेका कृष्णप्रसाद अधिकारीलाई पराजित गरेका छन् । पौडेलले १९ हजार ५५७ मत ल्याएर विजयी हुँदा अधिकारीले १८ हजार ८०३ मत ल्याए ।

लमजुङबाट प्रतिनिधिसभा सदस्यमा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ विजयी भएका थिए ।

कमेन्ट्स
Loading...