सुचना, समाचार र मनोरन्जन

प्रदेश १: प्रतिनिधिसभामा एमालेकै दबदबा, ११ स्थानमा अग्रता

मोरङ/

प्रदेश नम्बर १ प्रतिनिधिसभामा नेकपा एमालेकै दबदबा देखिएको छ । हालसम्म एमालेले ५ वटा निर्वाचन क्षेत्रमा जित हात पारिसकेको छ भने अन्य ११ स्थानमा अग्रता कायम गरेको छ ।

मुख्य प्रतिस्पर्धी दल नेपाली काँग्रेस भने हालसम्म २ वटामा विजयी भएर अन्य ४ वटामा प्रतिस्पर्धा गर्दैछ । एमालेले जितेका क्षेत्रहरुमा योगेश भट्टराई, ताप्लेजुङ, केपी शर्मा ओली, झापा ५, राजेन्द्रकुमार राई, धनकुटा, मानबीर राई, सोलुखुम्बु र अम्बर बहादुर रायमाझी, उदयपुर २ रहेको छ।

यस्तै नेपाली काँग्रेसले भने विश्वप्रकाश शर्मा, झापा ५ र रामहरि खतिवडा, ओखलढुंगामा जित निकालेको छ । काँग्रेसले अन्य ४ क्षेत्रमा अग्रता कायम राखेको छ । काँग्रेस नेता भीष्मराज आङदेम्बे, पाँचथर, विजयकुमार गच्छदार, सुनसरी ३, ज्ञानेन्द्रकुमार कार्की, सुनसरी ४ र सुजाता कोइराला मोरङ २ बाट कठिन प्रतिस्पर्धा गरिरहेका छन् । उनीहरु सबैलाई एमालेका उम्मेद्वारले पछि पारेका छन ।

प्रदेश १ का २८ वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये ६ वटामा आफ्ना उम्मेद्वार उठाएको माओवादी केन्द्रले भने २ स्थानमा विजयी हुँदै एक स्थानमा अग्रता कायम राखेको छ । यस्तै राप्रपाले राजेन्द्र लिङ्देन झापा ३ बाट विजयी हुँदा, स्वतन्त्र उम्मेद्वार योगेन्द्र मण्डल, मोरङ ५ बाट विजयी भएका छन् । देशभरी नयाँ पार्टीको रुपमा उदाएको रास्वपा भने प्रदेश १ मा सुनसरी १ मा अग्रता लिइरहेको छ ।

PCCi MELa

नेकपा एमालेबाट विजयी तथा अग्रता लिएका क्षेत्रहरू
१. योगेश भट्टराई, ताप्लेजुङ (विजयी)
२. केपी शर्मा ओली, झापा ५ (विजयी)
३. राजेन्द्रकुमार राई, धनकुटा (विजयी)
४. मानबीर राई, सोलुखुम्बु (विजयी)
५. अम्बर बहादुर रायमाझी, उदयपुर २ (विजयी)
६. बसन्तकुमार नेम्वाङ, पाँचथर (अग्रता)
७. महेश बस्नेत, इलाम १ (अग्रता)
८. सुवासचन्द्र नेम्वाङ, इलाम २ (अग्रता)
९. देवराज घिमिरे, झापा २ (अग्रता)
१०. लालप्रसाद साँवा लिम्बू, झापा ४ (अग्रता)
११. विजय सुब्बा, तेह्रथुम (अग्रता)
१२. घनश्याम खतिवडा, मोरङ १ (अग्रता)
१३. ऋषिकेश पोखरेल, मोरङ २ (अग्रता)
१४. भीमप्रसाद आचार्य, सुनसरी २ (अग्रता)
१५.  भगवती चौधरी, सुनसरी ३ (अग्रता)
१६. जगदिशप्रसाद कुसियैत, सुनसरी ४ (अग्रता)

नेपाली काँग्रेसबाट विजयी तथा अग्रता लिएका क्षेत्रहरू
१. विश्वप्रकाश शर्मा, झापा १ (विजयी)
२. रामहरि खतिवडा, ओखलढुंगा (विजयी)
३. सुनिलकुमार शर्मा, मोरङ ३ (अग्रता)
४. डा.शेखर कोइराला, मोरङ ६ (अग्रता)
५. दिपक खड्का, संखुवासभा (अग्रता)
६. डा.नारायण खड्का, उदयपुर १ (अग्रता)

माओवादी केन्द्रबाट विजयी तथा अग्रता लिएका क्षेत्रहरू
१. अमनलाल मोदी, मोरङ ४ (विजयी)
२. रामकुमार राई, खोटाङ (विजयी)
३. सुदन किराँती, भोजपुर (अग्रता)

राष्ट्रिय स्वतन्त्र पार्टीबाट अग्रता लिएका क्षेत्र
१. गोमा तामाङ, सुनसरी १ (अग्रता)

राप्रपाबाट विजयी क्षेत्रहरू
१. राजेन्द्रप्रसाद लिङ्देन, झापा ३ (विजयी)

स्वतन्त्रबाट अग्रता लिएको क्षेत्र
१. योगेन्द्र मण्डल, मोरङ ५ (विजयी)

कमेन्ट्स
Loading...