सुचना, समाचार र मनोरन्जन

माओवादीका राजन किराती उदयपुरबाट प्रदेशसभामा निर्वाचित

काठमाडौँ/

उदयपुर क्षेत्र नम्बर १ को प्रदेशसभा १ बाट नेकपा माओवादी केन्द्रका उम्मेदवार राजन किराती निर्वाचित भएका छन् । उनले १ हजार २४३ मतान्तरले नेकपा एमालेका कुशलबाबु बस्नतेलाई पराजित गरे ।

अन्तिम मत परिणाम अनुसार किरातीले १५ हजार ९२ मत ल्याउँदा बस्नतेले १३ हजार ८४९ मत प्राप्त गरे । राप्रपाका सुभाषचन्द्र खड्का २ हजार ६७९ मत पाएर तेस्रो स्थानमा रहे ।

कमेन्ट्स
Loading...