सुचना, समाचार र मनोरन्जन

मधेशका कृषिमन्त्रीलाई हराउँदै सिरहाबाट जनमत पार्टीका सञ्जय यादव प्रदेशसभामा विजयी

जनकपुरधाम/

सिरहा क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट जनमत पार्टीका सञ्जयकुमार यादव निर्वाचित भएका छन । उनले मधेश प्रदेशका कृषि तथा सहकारीमन्त्री समेत रहेका जनता समाजवादी पार्टीका उम्मेदवार विजयकुमार यादवलाई ६४४ मतान्तरले पराजित गरेका छन ।

सञ्जयले १२ हजार १७१ मत ल्याउँदा विजयले ११ हजार ५२७ मत प्राप्त गरे । जसपाका कोषाध्यक्ष समेत रहेका विजय मुख्यमन्त्रीको दाबेदार मानिएका थिए ।

कमेन्ट्स
Loading...