सुचना, समाचार र मनोरन्जन
Tiger Cup

पोखरा १७ स्थित मानव सेवा आश्रममा निशुल्क स्वास्थ शिविर सम्पन्न

पेखरा/
पोखरा विश्वविद्यालय वायोमेडिकल विद्यार्थी संगठनले निशुल्क स्वास्थ शिविर संचालन गरेको छ । शनिवार पोखरा १७ स्थित मानव सेवा आश्रम परिसरमा पोखरा विश्वविद्यालय स्कुल अफ हेल्थ, अफ अल्लाइड साईन्सेज अन्र्तगत स्थापित संस्था,पोखरा विश्वविद्यालय वायोमेडिकल संगठनको आयोजनामा शिविर सम्पन्न भएको हो ।

उक्त अवसरमा यूरिक एसिड,सुगर, ब्लड प्रेसर, BMI लगायत होलवडी चेकअप गरिनुको साथै स्वास्थ सम्वन्धि सचेतना समेत प्रदान गरिएको थियो ।

स्वास्थ शिविर कार्यक्रममा स्कुल अफ हेल्थ एण्ड अल्लाइड साइन्स की निर्देशक बिमला भट्ट, BSC.MLT का कार्यक्रम संयोजक सन्तोष कुमार गुप्ता, डा. श्रृङखला तिमिल्सिना,लगायत सहभागी भएका थिए । त्यस्तै नवसैनिक फार्मेसी एण्ड डेण्टल क्लिनिक, विपिन वाग्ले, सन्दिप पोखरेल, कृष्णा बस्ताकोटी,महेश अधिकारी लगायतको विशेष सहयोग रहेको थियो । फेवासिटि हस्पिटल एण्ड रिचर्स सेन्टरले शिविरमा विशेष सहयोगी भुमिका निर्वाह गरेको थियो ।

निशुल्क स्वास्थ शिविरको संयोजकत्व रोशन पाण्डेले गरेका थिए भने कार्यक्रमको संचनलन सुस्मीता बरालले गरेकी थिईन ।

कमेन्ट्स
Loading...