सुचना, समाचार र मनोरन्जन
Tiger Cup

जनप्रिय क्याम्पसमा कविता प्रतियोगिता सम्पन्न

पोखरा/

जनप्रिय बहुमुखी क्याम्पसले ३१ औं वार्षिकोत्सव समारोहको छेको पारेर खेलकुद तथा विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गरिरहेको छ । आइतबार क्याम्पसको सभाहलमा आयोजित कविता प्रतियोगितामा दिपशिखा सुवेदी प्रथम, सुरक्षा अधिकारी द्वितीय र दिवस पौडेल तृतीय भएका छन् ।

विभिन्न सङ्कायका विद्यार्थीहरूले आफ्ना सिर्जना दर्ता गरे पनि उत्कृष्ट १० कवितालाई प्रतियोगिताको वाचनमा समावेश गरिएको थियो । कविताको विषयवस्तु, भाव, भाषाशैली, लय, संरचना र वाचन कला प्रस्तुतिका आधारमा निर्णायक मण्डलका डा.लक्ष्मीशरण अधिकारी र कवि तथा उपप्राध्यापक सुरेश रानाभाटले कविताको मूल्याङ्कन गरेका थिए ।

जनप्रिय साहित्य समाजका अध्यक्ष आनन्दमणि रिजालको सभापतित्वमा सम्पन्न कार्यक्रमको सञ्चालन उपप्राध्यापक सूर्यमोहन अधिकारीले गरेका थिए ।

मङ्सिर २५ गते हुने वार्षिकोत्सवको समारोहका लागि क्याम्पसले विद्यार्थीहरूलाई लक्षित गरेर विभिन्न खेलकुद कार्यक्रम, भलिवल, बास्केटवल, टेबुल टेनिस, बुद्धिचाल, हाजिरी जवाफ, विज्ञान प्रदर्शनी, चित्रकला, कविता, निबन्ध, वक्तृत्वकला र सामूहिक नृत्य प्रतियोगिता सञ्चालन गरिरहेको हितशाखा प्रमुख गोपाल बरालले जानकारी दिए ।

कमेन्ट्स
Loading...