काठमाडौं /
नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) भेट्न खुमलटार पुगेका छन्।
नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बामलोकतान्त्रिक गठबन्धन तोडेर नेकपा एमालेसहितका ६ दलको समर्थनमा यही पुस १० गते प्रधानमन्त्री नियुक्त भएका थिए ।
प्रचण्ड प्रधानमन्त्री भएपछि ओली पहिलो पटक खुमलटार गएका हुन्। प्रधानमन्त्री प्रचण्डले बिहान मात्रै नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग भेटवार्ता गरेका थिए।