सुचना, समाचार र मनोरन्जन

राजदेवी मन्दिर परिसरमा धर्मशाला बन्ने

कलैया /

कलैया उपमहानगरपालिका–१ स्थित रहेको शक्तिपीठ राजदेवी मन्दिर परिसरमा धर्मशालाको शिलान्यास गरिएको छ ।

करिब रु १८ लाखको लागतमा धर्मशाला निर्माण हुनेभएको छ । शिलान्यास कार्यक्रममा उपमहानगरपालिकाका प्रमुख राजेशराय यादवले मेयर यादवले पहिलो चरणमा रु आठ लाख उपमहानगरका तर्फबाट सहयोग गर्ने घोषणा गरे ।

धर्मशाला निर्माण भएपछि भाकल लिएर टाढा टाढाबाट आउने भक्तजनलाई बास बस्न सजिलो हुने उनले बताए । उनले मन्दिरको संरक्षण एवं सम्वद्र्धनमा पनि उपमहानगरको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरे ।

राजदेवी मन्दिर बलिका लागि पनि प्रख्यात रहेको हुँदा दशैँमा बलि चढाउनेहरुको घुइँचो लाग्ने गरेको स्थानीयवासी दिव्यनाथ श्रेष्ठले जानकारी दिरे ।

कमेन्ट्स
Loading...