पोखरा /
रेवान पोखराको आयोजनामा अङ्ग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा आयोजना गरिएको २४ औं सडक महोत्सव बुधबारबाट सुरु भएको छ । १३ गते बुधबारबाट सुरु भएको उक्त महोत्सवमा विभिन्न जनजातिहरुको कला, संस्कृति, भेषभूषा र हस्तकलाका सामग्रीहरुको प्रदर्शन गरेका छन् ।
‘सडकमै खाऔँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने नाराका अङ्ग्रेजी नयाँ वर्ष २०२३ को अवसरमा यही पुस १३ देखि १७ गतेसम्म उक्त महोत्सव जारी रहने छ । लेकसाइडको हल्लनचोकबाट सुरु विभिन्न सास्कृतीक झाँकी सहितको ¥यालीले कोमागाने पार्क पुगेर औपचारीक रुपमा सुरु भएको छ । महोत्सवको पोखरा महानगरपालिका मेयर धनराज आचार्यले उद्घाटन गरे ।
पोखराको फिस्टेल गेट देखि डिहिकोपाटन सम्मको करिब ३ किलोमिटर खुल्ला सडकमा महोत्सव संचालन भएको छ । विभिन्न झाँकीमा स्वदेशी तथा विदेशी पर्यटकहरु रमाएका थिए । स्वदेशी तथा विदेशी पर्यटकलाई लक्ष्त गरी मेला आयोजना गरीएको रेवान पोखराका अध्यक्ष नरेश भट्टराईले बताए ।
तस्बिरहरु: प्रेम थापा परिचय