सुचना, समाचार र मनोरन्जन

प्रतिनिधिसभाबाट सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित

बुधबार बसेको बैठकले सम्पत्ति शुद्धीकरण {मनी लाउण्डरिङ} निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०८० लाई बहुमतले पारित गरेको हो।

काठमाडौं /

प्रतिनिधिसभाबाट सम्पत्ति शुद्धीकरणसम्बन्धी विधेयक पारित भएको छ।

बुधबार बसेको बैठकले सम्पत्ति शुद्धीकरण {मनी लाउण्डरिङ} निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्ने विधेयक २०८० लाई बहुमतले पारित गरेको हो। बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले उक्त विधेयक पारित गरियोस’ भन्ने प्रस्ताव पेश गरेका थिए।

छलफलका क्रममा विधेयक माथि सांसदहरुले उठाएका विषयमा जवाफ दिँदै मन्त्री गुरुङले विधेयक पारितभएसँगै स्रोत नखुलेको जटिल प्रकृतिका आन्तरिक वा सिमापार हुने आर्थिक अपराधलाई नियन्त्रण गर्न सहज हुने बताए। मुलुकमा वित्तीय पारदर्शीता, लगानीमैत्री वातावरण निर्माण र सुशासन कायम गर्न विधेयकले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए।

प्रतिनिधिसभाको अर्को बैठक फागुन ६ गते बिहान ११ बजे बस्नेछ। उक्त बैठकमा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम गरिने पनि सभामुख देवराज घिमिरेले आजको बैठकमार्फत जानकारी गराए।

Leave A Reply

Your email address will not be published.