चलचित्र पत्रकार संघ नेपालले ६० वर्ष उमेर पुगेका चलचित्र पत्रकारलाई मासिक रुपमा सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने भएको छ।
दिनेश सिटौलाको अध्यक्षतामा बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले प्रस्तावित कल्याणकारी कोष पूर्ण कार्यान्वयनमा नआउँदासम्म कार्यसमिति बैठकले ६० वर्ष उमेर पुगेका वा सोेभन्दा बढी उमेर भएका ज्येष्ठ पत्रकार संघका सदस्य लाई मासिक रुपमा सामाजिक सुरक्षा भत्ताबापत ६ हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो।
६० वर्ष उमेर पुगेका वा सोेभन्दा बढी उमेर भएका ज्येष्ठ पत्रकार संघका सदस्य लाई मासिक रुपमा सामाजिक सुरक्षा भत्ताबापत ६ हजार रुपैयाँ प्रदान गर्ने निर्णय गरेको हो।
यस किसिमको सुविधा प्राप्त गर्ने सदस्यको वार्षिक नवीकरण शुल्क मिनाहा गरिने संघको विज्ञप्तिमा उल्लेख छ। साथै माघ १३ र १४ गते काठमाडौंमा चलचित्र पत्रकारहरूका लागि कार्यशाला आयोजना गर्ने निर्णय गरिएको छ।
बैठकले चलचित्र पत्रकार संघ नेपालको नवौं महाधिवेशन फागुन १७ गते काठमाडौंमा गर्ने निर्णय गरेको छ।
अधिवेशन प्रायोजनका लागि संघका सदस्यहरूले माघ १५ गतेसम्म अनामनगरस्थित संघको कार्यालयमा आफै उपस्थित भई सदस्यता नवीकरण गर्नुपर्ने निर्णय समेत गरेको छ। साथै संघले २४ जना पत्रकारलाई नयाँ सदस्यता प्रदान गरेको छ।
हेर्नुहोस् विज्ञप्ति :
