पोखरा/
गोल्डन स्टार मल्टिमिडिया प्रा।ली। को आयोजना मा संचालन भई रहेको नेपाल गोल्डेन आइडल आठौ सस्करण को ग्रान्ड फाइनल पौष २२ गते सकिएको छ।
आठौं संस्करणको नेपाल गोल्डेन आइडलको उपाधि सन्ध्या पौडेल र विज्ञान क्षेत्रीले जितेका छन । पोखरा सभागृह हलमा आयोजित ग्राण्ड फिनालीमा पुगेका कुल ८ जना प्रतियोगी मध्ये सप्त्तरी फत्तेपुरकी पौडेलले गायन विधातर्फ र चितवनका क्षेत्रीले नृत्य विधा तर्फको उपाधि चुमेका हुन ।
गायन विधा तर्फ झापाका लोमस भक्त फस्ट रनर्सअप, धरानका उत्तम लिम्बु सेकेन्ड रनर्सअप, दार्जलीङका रवी खाती थर्ड रनर्सअप र म्याग्दीका प्रकाश सुनार फोर्थ रर्नसअप बने । नृत्यविधातर्फ चितवनकी पूर्णीमा थापा फस्ट रनर्सअप र काठमाण्डौका आदित्य थापा सेकेन्ड रनर्सअप बनेको प्रतियोगीताको निर्माता तथा गोल्डेन स्टार मल्टिमिडियाका निर्देशक सरन गुरुङले जानकारी दिए ।

गायन तथा नृत्यमा गरी यो प्रतियोगीताका लागि देशका विभिन्न स्थानमा अडिसन भएको थियो । यसरी नेपालका विभिन्न ठाउँमा भएको अडिसनबाट गायन र नृत्यतर्फ गरेर १ सय २० जना प्रतिभा छनोट भएका थिए । छनोट भएका प्रतिभा मध्ये विभिन्न चरणबाट सफलता प्राप्त ८ जना फाइनलमा पुगेका थिए । यसरी उत्कृष्ट ८ मा पुगेका प्रतिष्पर्धीबिच अन्तिम प्रतिष्पर्धा गराएर उत्कृष्ट छानिएको हो ।
फाइनलमा पुगेका प्रतिभाले फाइनल कार्यक्रम अगाडि ‘फाइनलिष्ट लाइभ कन्सर्ट एण्ड म्युजिकल टुर’ कार्यक्रम मार्फत देशका विभिन्न ठाउँमा पुगेर आफ्नो प्रस्तुती समेत राखेका थिए । प्रतियोगीताको निर्णायकमा गायक तथा संगीतकार रामभक्त जोजिजु, गायिका इतु जोजिजु रोशन बान्तवा राई, गुरुङ फिल्मकी निर्देशक जसु गुरुङ, कोरियोग्राफर प्रिति गुरुङ र निरुता गुरुङ रहेका थिए ।
फाइनल कार्यक्रममा पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल, वरिष्ठ गायक कर्णदास, पपस्टार धिरज राई, पाँचौ संस्करणको सेकेन्ड रनर्सअप समेत रहेका गायक सुरज कालाखेती, गायक कुमार शर्मा र विरेन मालाकार, गुरुङ फिल्मका महानायकको रुपमा परिचित ताराबहादुर गुरुङ, सातौं सस्करणको विजेता सुमन लामा घिसिङ र जेबिका रेउले लगायतकाको उपस्थिती र प्रस्तुतीले समेत कार्यक्रममा रौनकता थपेको थियो ।
सोही कार्यक्रममा समाज परिवर्तनमा भुमिका खेल्ने ७ आमा समुह र एक व्यक्ति गरेर ८ सम्मान समेत गरिएको आयोजकले जनाए । प्रतियोगीता आयोजना गर्नुको उद्धेश्य लुकेर रहेको प्रतिभालाई उजागर गर्नु, उनीहरुलाई मञ्च प्रदान गरेर आम जनमानसमा प्रतिभालाई पु¥याउने रहेको आयोजकको भनाई छ ।