सुचना, समाचार र मनोरन्जन

नागरिक उन्मुक्ति पार्टी प्रतिपक्षमा बस्ने

काठमाडौँ/

नागरिक उन्मुक्ति पार्टी (नाउपा) प्रतिनिधि सभामा प्रतिपक्षी बेञ्चमा बस्ने भएको छ । प्रतिनिधि सभाको पहिलो बैठकमा प्रतिपक्षी बेञ्चमा बस्ने निर्णय लिइएको नाउपाकी अध्यक्ष रञ्जिता श्रेष्ठले जानकारी दिइन।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने कि नदिने भन्ने विषयमा आफ्नो पार्टीले निर्णय गर्न बाँकी रहेको उनले जानकारी दिइन् । विश्वासको मत दिएको खण्डमा नाउपा सत्तापक्ष हुन्छ र प्रधानमन्त्रीलाई विश्वासको मत नदिएको खण्डमा प्रतिपक्ष हुन्छ ।

‘प्रधानमन्त्रीलाई विश्वासको मत भोलि (सोमबार) नै दिने होइन । यसकारण भोलि प्रतिनिधि सभामा प्रतिपक्षीमा बस्ने जानकारी संसद सचिवालयलाई गराएका हौं’, श्रेष्ठले भनिन । नाउपाले रेशम चौधरीको रिहाइलाई प्रमुख विषय बनाएको छ । यस विषयमा आउने प्रतिबद्धताले प्रधानमन्त्रीलाई विश्वासको मत दिने वा नदिने भन्ने निर्णय हुने नाउपाका नेताहरुले बताउँदै आएका छन् ।

कमेन्ट्स
Loading...