सुचना, समाचार र मनोरन्जन

राष्ट्रपतिद्धारा पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण

काठमाडौँ/
आज पुस २७ अर्थात पृथ्वीनारायण शाहको जन्मजयन्ती । आज विभिन्न संघ सस्थाले विभिन्न कार्यक्रम गरेर पृथ्वीजयन्ती मनाएका छन् । यसैक्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरवार पश्चिम गेटमा रहेको शाहको शालिकमा माल्यार्पण गरेकी छन् । ३०१ औँ पृथ्वी जयन्तीका अवसरमा शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारी पृथ्वीनारायणको सिंहदरवारस्थित शालिकमा माल्यार्पण गर्न पुगेकी हुन् ।

सो अवसरमा नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो । त्यस्तै सो अवसरमा र्‍याली तथा विभिन्न सांस्कृतिक झाँकीसमेत निकालिएको थियो । पृथ्वी नारणण शाहले नेपाल एकीकरणमा महत्वपूर्ण योगदान दिएको स्मरणमा पृथ्वी जयन्ती मनाउने गरिएको छ । यद्यपी पृथ्वी जयन्तीमा सरकारले यसअघि कटौती गरेको बिदा यसपटक दिने निर्णय गरेको छ ।

कमेन्ट्स
Loading...