सुचना, समाचार र मनोरन्जन

पोखरा भ्यु प्वाइन्ट क्लब को अध्यक्षमा विश्वराज सर्बसम्बत

पोखरा/

पोखरा महानगरपालिका वडा न. २२ पुम्दि भुम्दि स्थित पोखरा भ्यु प्वाइन्ट क्लब को सातौ वार्षिक साधारणसभा तथा छैटौ अधिवेशन सम्पन्न भएको छ । पोखरा भ्यु प्वाइन्ट क्लब का सुन्दर बराल को अध्यक्षतामा भएको कार्यक्रम मा प्रमुख अतिथि कास्की क्षेत्र न ३ का प्रतिनिधि सभा सदस्य श्री दामोदर पौडेल बैरागि र विशेष अतिथि कास्की क्षेत्र न ३ ख का प्रदेश सभा सदस्य श्री प्रकाश बरालको रहेको थियो ।

सातौ वार्षिक साधारणसभा तथा छैटौ अधिवेशन अबसरमा नव निर्वाचित क्लब का पदाधिकारी चयन भएका छन् । नवानिर्वाचित अध्यक्ष विश्वराज बास्तोला, उपाध्यक्ष खेमराज बास्तोला ९राजु०,सचीव अमित बराल,कोषाध्यक्ष असिम बास्तोला,सहसचिव रन्जना आचार्य बराल र सदस्यहरुमा दिपक बराल,अमित लामा,लक्ष्मी बास्तोला सुवेदी,इन्दु बास्तोला सर्बसम्बत चयन भएका छन् उक्त कार्यक्रम को सन्चालन निबर्तमान सचिव कुशल बरालले गरेका थिए ।

पुम्दि भुम्दि स्थित पोखरा भ्यु प्वाइन्ट क्लब नवानिर्वाचित अध्यक्ष विश्वराज बास्तोला बोल्दै क्लब को हरेक क्रियाकलाप लाइ नजिक बाट नियालेको छु साथै क्लब लाई हिजो को समस्या लाइ हेर्दै समस्या सामु हरबखत प्रतिबद्द रही समस्या समाधान गर्न अग्रसर रहने छु । साथै क्लब लाई नमुना क्लब रुपमा स्थापित गर्नेछु यसमा अन्य क्लब का पदाधिकारी तथा क्लब का सदस्य लाई अनुरोध गर्दछु ।

सोहि अबसरमा कार्यक्रम मा प्रमुख अतिथि कास्की क्षेत्र न ३ का प्रतिनिधि सभा सदस्य श्री दामोदर पौडेल बैरागिले क्लब को भबिस्यमा आइ पर्ने सामाजिक समस्या समाधान गर्न सक्दो सहयोग गर्ने बताएका छन् ।

कार्यक्रम का बिशेष अतिथि कास्की क्षेत्र न ३ ख का प्रदेश सभा सदस्य श्री प्रकाश बराल ले आफ्नो भोट लाइ जानकारी गराउदै आफुले भोट लाइ कदर गर्दै क्लब मा दिगो रुपमा सहयोग गर्ने साथै आफ्नो क्षेत्र पुम्दि-भुम्दि भएको हुनाले पनि क्लब का हरेक क्रियाकलाप मा सक्दो आफु सहभागी रही सहयोग गर्ने प्रतिबद्दता ब्यक्त गरेका छन ।

कमेन्ट्स
Loading...