सुचना, समाचार र मनोरन्जन

यति एअरलाइन्स क्र्यासपछि भाइरल हुन उद्धारका नाममा जे पनि बोल्दिए, यथार्थ फरक छ

स्थानिय अशोक खड्का, पोखरा

१. अरुले भने जस्तो प्लेनमा पहिला नै आगो लागेर खसेको हैन ।

२. घटना भएको सम्बत ३ मिनेटमा म पश्चिम पट्टी वडा नं ७ (घर पछाडि जहाँ बाट प्लेन कोल्टेको थियो) मा पुगेको थिएँ, माथि सतहमा भएको प्लेनको टुक्रा – पूर्व पट्टी) मा आगो लागि सकेको थियो । तर, तल सेती नदीमा भएको प्लेनको टुक्रामा आगो लागेको थिएन ।

३. घटनाको १५ मिनेटमा पुरानो एअरपोर्ट भित्र रहेको रेन्जर गण (नेपाल आर्मी) बाट उद्दार सामग्री लिएर आइसकेको थियो । उहाँहरू पश्चिम पट्टी (घारिपाटन) नै आएको देखेर उहाँहरूलाई लिएर छोटो दूरीको बाटो हुँदै केही सामग्री आफूले पनि लिएर पूर्व तर्फ (नयाँ गाउँ) दौडियौं ।

४. हामी त्यहाँ पुगिसक्दा ४ वटा शव निकालिएको थियो । जुन चाहिँ प्लेनबाट उछिट्टिएका शव थिए । एक जना रातो कपाल भएको महिलाको बडि अलि माथि राखेको थियो, जिउदै छ भनेर राखेका थिएँ तर कुनै हलचल र आँखा पल्टाएको देखेर एउटा निलो श्वेटरले उहाँको फेस छोपि दिए ।

५. मिडियामा भाइरल भएको कतिपय कुरामा सत्यता छैन । जतिलाई सुरुमा उद्दार गरियो ती शवै उछुट्टिएर साइडमा आएको शव मात्र हो । आगो यति ठूलो थियो कि नजिक कोही जान सक्ने अवस्था नै थिएन । हो शुरुमा केही मानिस भिडिया, फोटोमा नै ध्यान दिएका थिए । तर, प्राय मानिस बाल्टिनबाट पानी र माटो हाल्दै थिएँ ।

६. दुर्घटना भए लगत्तै आफ्नो कम्पनीमा रहेको पानी ट्यांकरलाई घटना स्थलको पश्चिम पट्टी पठाएँ । जसले सम्भवत वस्तिमा आउन लागेको आगोलाई निभाउने प्रयास गर्यो र पूर्व पट्टी हिल टप बोरिङको ट्याङ्कर पुगेको थियो ।

७. दमकल र एम्वुलेन्स ढिलो पुगेको हैन । सहरको बिचमा भएको दुर्घटना भएर र विदाको दिन पनि भएको भएर मानिसहरुको भिड एकछिन्मा नै बाक्लियो । घारिपाटनतर्फ तिरको बाटो पनि निर्माण गर्दै भएको भएर वान वे जस्तो अनि सिताराम केसी पुल पनि हलुका सवारी साधन मात्र आवतजावत गर्न मिल्ने र नयाँ गाउँतर्फ पनि सागुरो बाटो भएकाले दमकल एम्बुलेन्स र प्रहरी घटनास्थलमा आई पुग्न सागुरो बाटो अनि भिड भएर ढिलो भएको हो ढिलो हिडेको हैन ।

८. घटनास्थल भन्दा १०/१५ मिटर वरिपरि वस्ती नहुँदा पुरानो चिहान घाट पनि हो । क्रिस्टिनिटी फलो गर्नेहरुले त्यहाँ ५/६ वर्ष अगाडिसम्म Last Funeral Rituals हरू गर्नु हुन्थ्यो ।

९. वोरिङको टयाङ्करले पानी हाले पछि वल्ल अरु शव निकाल्न सकिएको थियो ।

१०. घटनाको दिन एक जना व्यक्ति भिरबाट खसेको कुरा साचो हो तर त्यहि घटनास्थलमा नभई रङ्गशाला तिरबाट घाँस काट्ने क्रममा लड्नु भएको हो । मृतक घारिपाटन निवासी ६९ वर्षका पूर्ण काजी गुरुङ हुनुहुन्छ ।

११. प्लेनको आधा भाग सहित २२/२५ वटा शव माथि ढिस्कोमा नै थियो भने (कुनै जलेको कुनै क्षतविक्षेत अवस्थामा) अरु तल २००/३०० मिटर मुनि चट्टानमा बजारिएको जस्तो देखिएको थियो।

१२. मिडियामा आए जस्तो कसैले सहयोग नगरेको हैन, बिना दमकल त्यो आगोको तापमा कोही पनि जान सक्ने सम्भावना नै थिएन । भाइरल कै निम्ती युट्युवरहरूलाई मनगन्ती कुराहरु गरिराखेका छन् । अहिले मनगन्ती कुरा सुन्दा बल्ल मानवता नै छैन कि भन्ने भान भएको छ ।

मैले देखेको भोगेको वास्तविकता यथार्थ यहि हो ।

खड्काको फेसबुकबाट साभारः

कमेन्ट्स
Loading...