सुचना, समाचार र मनोरन्जन

राष्ट्रिय स्वतन्त्र पार्टीबाट इन्दिरा राना उपसभामुखको उम्मेदवार, प्रस्तावकमा सोबिता गौतम

काठमाडौँ/

राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको बैठकले उपसभामुखमा पार्टीकी सांसद इन्दिरा रानामगरलाई उठाउने निर्णय गरेको छ । शुक्रवार पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको बैठकले उपसभामुखमा रानामगरलाई उठाउने निर्णय गरेको हो । उपसभामुखको उम्मेदवारका रूपमा पार्टीकी सांसद सोबिता गौतम प्रस्ताववक रहनु हुने भएको छ ।

झापाकी मगर समानुपातिक सांसद छन । उपसभामुखमा यसअघि सांसद सोबिता गौतमको चर्चा भए पनि पार्टीले भने मगरलाई अघि सारेको छ । बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सांसद गौतमले मगर राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरमा चिनिएको र कानुनको बारेमा पनि ३३ वर्षे अनुभवका कारण उपसभामुखमा पठाउने सर्वसम्मत निर्णय गरेको बताए ।
त्यस्तै सांसद इन्दिरा रानामगरले भने आफूले कानुनको अध्ययन नगरेको भए पनि कानुनको क्षेत्रमा ३३ वर्षको अनुभव रहेको बताए।

उपसभामुखका लागि भोलि शनिवार चुनाव हुँदैछ, आज उपसभामुखको मनोनयन दर्ता गर्नुपर्नेछ । सत्ता गठबन्धनबाट रास्वपाले उम्मेदवारको टुङ्गो लगाएसँगै प्रतिपक्ष दलहरू पनि उपसभामुखको उम्मेदवार टुङ्गो लगाउन बैठक बसिरहेका छन ।

कमेन्ट्स
Loading...