सुचना, समाचार र मनोरन्जन
Tiger Cup

ऐतिहासिक बाह्र भैरव नाच पोखरा ४ गैह्रापाटनमा शुक्रवार प्रदर्शन गरिदैँ

काठमाडौँ/

प्रत्येक ६ वर्षमा प्रदर्शन गरिने पोखराको ऐतिहासिक बाह्र भैरव नाच पोखरा महानगरपालिका ४ गैह्रापाटनमा प्रदशन गरिदैँ छ । सर्बेस्वर माहादेब मन्दिर परिसर, मा साँझ ५ बजेदेखि भैरवनाच प्रदशन गरिने निवर्तमान वडा अध्यक्ष शंकर बास्तोलाले जानकारी दिए ।
आजभन्दा २५० वर्ष अगाडी सूरु भएको बाह्र भैरवनाच रात परेपछि भैरव जाग्छ भन्ने धार्मिक विश्वास सहित धूमधामका साथ मनाउने गरिन्छ। भय र दण्डका देवताको रूपमा हिन्दु र बौद्ध संस्कृतिमा श्री भैरवको पूजा गरिँदै आएको छ। नेवारी संस्कृतिमा भैरव नृत्यको पुरानो परम्परा छ। यो नाच नाचेपछि अनिष्ट नहुने, शान्ति छाउने, भय हरण हुने र दुःख कष्ट निवारण हुने जनविश्वास रहेको छ ।

भक्तपुरबाट सुरु गरिएको यो नाच पोखराको मौलिक नाचको रुपमा रहेको छ । वि.स २०२९ साल अगाडी प्रत्येक १२ वर्षको अन्तरालमा र त्यसपछि ६–६ वर्षको अन्तरालमा प्रदर्शन गरिँदै आएको भैरव नृत्यको सुन्दर पक्ष नृत्यमा जातभातको कुनै भेदभाव नहुनु हो ।

नृत्यमा १२ जना युवाहरू कालभैरव, महाकाली, इन्द्रायणी, बाराही, कौमारी, विष्णुवी, ब्रम्हायणी, गङ्गा, गणेश, दागीनी, भूःत्चा र कवाङको रूप धारण गरी नाच्ने गर्दछन । भैरव नृत्य ऐतिहासिक मात्र नभएर तान्त्रिक पद्धतीको नृत्य हो ।

कमेन्ट्स
Loading...