सुचना, समाचार र मनोरन्जन

उपसभामुखमा स्वतन्त्र पार्टीबाट इन्दिरा रानामगरको उम्मेदवारी दर्ता

काठमाडौँ/

राष्ट्रिय स्वतन्त्र पार्टीबाट प्रतिनिधिसभा सदस्यमा सिफारिस भएकी इन्दिरा रानामगरले उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी छन् ।

रानामगरले शुक्रबार अपरान्ह उपसभामुख पदमा उम्मेदवारी दर्ता गरेकी हुन् । रानामगरलाई रास्वपाकी सांसद सोविता गौतमको प्रस्ताव र एमालेका सांसद कृष्णगोपाल श्रेष्ठ, माओवादीकी नारायणी शर्मा र राप्रपाका सांसद राजेन्द्र प्रसाद लिङ्देन समर्थन गरेका छन ।

कमेन्ट्स
Loading...