सुचना, समाचार र मनोरन्जन
Tiger Cup

नेपालद्धारा भारतसँग थप हवाई मार्ग माग

काठमाडौँ/

नेपालले भारतसँग थप हवाई मार्ग उपलव्ध गराउन आग्रह गरेको छ । शुक्रबार नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवसँग भएको भेटघाटमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले सो आग्रह गरेका हुन ।

भेटवार्तामा सिमरामा रहेको नेपालको एक मात्र हवाई मार्गको अधिक चाप बढेकोले थप हवाई प्रवेश मार्गका लागि अनुरोध गरिएको मन्त्री किरातीले जानकारी दिएका छन् । यो विषयमा राजदूत श्रीवास्तव सकारात्मक रहेको मन्त्री किरातीले बताए ।

उनले भने, ‘सिमरामा रहेको नेपालको एक मात्र हवाई मार्गको अधिक चाप बढेको छ । त्यसैले थप हवाई प्रवेश मार्गका लागि अनुरोध महामहिम समक्ष गरियो ।

कमेन्ट्स
Loading...