पोखरा /
पर्यटन व्यवसायी महिल संघ नेपाल(टेवान)ले व्यवसाय प्रवद्र्धनको लक्ष्यका साथ ‘विजीनेश नेटवर्कीङ एण्ड फेलोसिप प्रोग्राम’ सम्पन्न गरेको छ ।
विभिन्न व्यवसायसँग आवद्ध व्यवसायीबीच भाइचारा अभिबृद्धि गर्दै सामुहिक रुपमा व्यवसायिक सफलता हासिल गर्ने लक्ष्य अनुरुप कार्यक्रम आयोजना गरिएको टेवानका अध्यक्ष कमला गिरीले जानकारी दिइन्।

विभिन्न व्यवसायमा आवद्ध व्यवसायी एवम् व्यवसायिक संघसंस्थाका अध्यक्ष एवम् प्रतिनिधि सहित ९५ जनाको सहभागिता रहेको उनले बताईन।
कार्यक्रममा टेवानका सल्लाहकार एवम् बरिष्ठ पर्यटन व्यवसायी गणेशबहादुर भट्टर्राले व्यवसायिक सफलताका लागि सबै किसिमका व्यवसायीबीच समन्वय हुनु जरुरी रहेको बताए । यस किसिमका कार्यक्रमले सामुहिक रुपमा व्यवसायिक सफलता हासिल हुने उनले बताए।
पोखरा पर्यटन परिषद्का बरिष्ठ उपाध्यक्ष कृष्ण भण्डारीले पर्यटनसँग सम्बन्धित मात्र नभै अन्य किसिमका व्यवसायीलाई पनि एकै थलोमा ल्याएर छलफल एवम् अन्तरक्रिया गरिनु महत्वपूर्ण रहेको बताए
संघका अध्यक्ष गिरीको सभापतित्व एवम् महासचिव अनिता खड्का भट्टराईले सञ्चालन गर्नुभएको कार्यक्रममा संस्थापक अध्यक्ष लक्की कार्की, उपाध्यक्ष प्रभा सुवेदी, सदस्य एवम् कार्यक्रम संयोजक शान्ता सुवेदी लगायतले बोलेका थिए ।
उक्त अवसरमा मीर्सा सामुदायिक होमास्टे, हुस्टन एजुकेशन सेन्टर, क्वीन हुक्का सप, गो बञ्जी नेपाल लगायतले स्टल मार्फत व्यवसायको प्रवद्र्धन गरेका थिए ।