सुचना, समाचार र मनोरन्जन
Tiger Cup

तनहुँमा भिरबाट लडेर एक जनाको ज्यान गयो

तनहुँ/

तनहुँमा भिरबाट लडेर एक जनाको ज्यान गएको छ । शनिवार हिजो भिरबाट लडेर बन्दीपुर गाउँपालिका–३ छबिसेका ४५ वर्षीय माधवबहादुर अर्जेलको ज्यान गएको हो ।

धमिलीकुवा सामुदायिक वनको भिरबाट खसेर अर्जेलको ज्यान गएको भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए । घटना सम्बन्धमा अनुसन्धान भइरहेको उनले बताए ।

कमेन्ट्स
Loading...