सुचना, समाचार र मनोरन्जन
Tiger Cup

कथा सङ्ग्रह दोष कसको? प्रकाशित

पोखरा/
पोखरामा स्वतन्त्र कानुन व्यवसायीको रूपमा कार्यरत खगेन्द्रराज घिमिरेद्वारा रचित कथा सङ्ग्रह दोष कसको? को आज एक समारोहबीच विमोचन गरियो । कार्यक्रममा पुस्तकमाथि टिप्पणी गर्दै चर्चित उपन्यास मिथ्याका लेखक दीपक पराजुलीले लेखकले आफ्नै बाल्यावस्था, युवावस्था र वर्तमान प्रौढ अवस्थामा देखे भोगेका पारिवारिक, व्यावसायिक तथा समसामियक घटनाक्रमलाई नै आख्यानीकरण गरी रचना गरेको कथा सङ्ग्रहले भविष्यमा त्यो समयको ऐनाको रूपमा काम गर्ने हुनाले त्यसको अलग्गै महत्त्व हुने विश्वास व्यक्त गरे ।

निबन्धात्मक कथाहरूको छुट्टै विधाको चर्चा भैरहेको वर्तमान समयमा यो कथा सङ्ग्रहले पनि त्यस्तै शैली अवलम्बन गरेको देखिएको चर्चा गर्दै पराजुलीले लेखकबाट भविष्यमा पनि थप रचनाहरूको अपेक्षा राख्न सकिने आशा पनि प्रकट गरे।
पोखरा न्यूरोडस्थित हिमालयन रिडर्स कर्नरमा आयोजित कार्यक्रमको अध्यक्षता पुस्तककी प्रकाशक अस्मिता घिमिरेले, लेखकको परिचय पर्यटन व्यवसायी शेषकान्त शर्माले, शुभकामना मन्तव्य सुरेश ढकालले तथा संचालन साहित्यकार शिव सङ्कल्पले गरेका थिए । लामो समय निजामती सेवामा रही सेवा निवृत्त लेखकको पहिलो साहित्यिक कृतिको रूपमा प्रकाशित दोष कसको रु कथा सङ्ग्रहमा १६ कथाहरू सङ्कलित छन् ।

कमेन्ट्स
Loading...