सुचना, समाचार र मनोरन्जन
Tiger Cup

सरकारले निर्देशन दिनासाथ आन्तरिक उडानका लागि जहाज खरिद प्रक्रिया थालिने

काठमाडौँ/

नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले सरकारको निर्देशन प्राप्त हुनासाथ आन्तरिक उडानमा जहाज खरिद प्रक्रिया अगाडि बढाउने बताएका छन । सोमबार पर्यटन मन्त्री सुदन किरातीलाई निगम मुख्यालयमा स्वागत गर्दै उनले यस्तो बताएका हुन ।

‘निगमको आफ्नै स्रोतले २/३ वटा जहाज किन्न सप्छ,’ उनले भने, ‘सरकारको निर्देशन प्राप्त हुनासाथ प्रक्रिया अगाडि बढाउछौं ।’ अब छिट्टै निगमले आफ्नो कार्ययोजना मन्त्रालयमा पेश गर्ने उनले बताए । राष्ट्रिय ध्वजाबाहकले नाफा भन्दा सेवालाई प्राथमिकता दिएर उडान सेवा दिनु पर्ने उनको तर्क छ ।

कमेन्ट्स
Loading...