सुचना, समाचार र मनोरन्जन
Tiger Cup

जुम्लामा हिमपात, किसान उत्साहित

जुम्ला/

जुम्लामा बिहानैदेखि हिमपात भएको छ । हरेक वर्ष हिउँदमा हिमपात हुने जुम्लामा यो वर्ष ढिलो गरि हिउँ परेको हो । जुम्ला सदरमुकामसहित जिल्लाभर हिमपात भइरहेको छ । बिहानै करिब आधा फिट हिउँ जमेको छ । हिउँपरेपछि विशेषगरी किसानहरु खुुसी भएका छन । हिउँदे सिजनमा तापक्रम माइनसमा जाने भएकाले हिँउदेवालीका लागि हिउँ उत्तम सिँचाइ मानिन्छ ।

हिउँदे सिजनमा विशेषगरि जौँ, गहुँलगायत बाली लगाइन्छ । पानी नआउँदा बाली सुक्न थालेको थियो । अब सहज हुने भएको छ । चन्दननाथ नगरपालिका-८ का किसान धनराशी भण्डारीले हिउँले हिउँदे बालीमा सहज हुने भएको बताइन् ।

हिमपात भएसँगै जुम्लामा जाडो बढेको छ । जल तथा मौसम विज्ञान विभाग फिल्ड कार्यालय जुम्लाका अनुसार यहाँको तापक्रम माइनस १.४ रहेको छ । हिउँ नपर्दा भने तापक्रम झन चिसो थियो । तीन दिनअघि जुम्लाको तापक्रम माइनस ७ डिग्रीसमेत पुगेको थियो ।

कमेन्ट्स
Loading...