काठमाडौँ/
नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले निष्ठाको राजनीति पाखा लागेको भन्दै चिन्ता व्यक्त गरेका छन्। मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै नेता पौडेलले यस्तो चिन्ता व्यक्त गरेका हुन्।
‘सत्ताको राजनीतिको दवदवा छ। सत्ताको खेलबाट लोकतन्त्र जकडिएको अवस्था छ। आफैँभित्रका विरोधाभाषबाट माथि उठेर राष्ट्र जोगाउनु पर्नेछ’, उनले भने।
वरिष्ठ नेता पौडेलले अनुदान पाउन गाह्रो भएकाले अमेरिकी अनुदान स्वीकार गरेको बताए। ‘मुलुकमा अनुदान पाउन गाह्रो भयो। त्यसकारण मैले अमेरिकी अनुदान स्वीकार गरेको हुँ’, उनले भने।
उनले संविधानलाई फाल्नको लागि हर्कत भइरहेको बताए। यसैगरी, कांग्रेस र कम्युनिष्ट मिल्ने कि नमिल्ने विषयमा गम्भीर हुन जरुरी रहेको पनि बताए।