पाल्पा/
तानसेन–रिडी–तम्घास सडक खण्ड एक महिना बन्द हुने भएको छ । मालमुल जोर्ते क्षेत्रमा सडक चौडा पार्नका लागि सडक खण्ड बन्द हुने भएको हो ।
माघ १० गते हिजोदेखि फागनु ९ गतेसम्म गाडी आवागमन बन्द गरेर सडक मर्मत र चौडा पार्ने काम हुने सडक डिभिजन कार्यालय पाल्पाले जनाएको छ । हरेक दिन बिहान ५ देखि ९ बजेसम्म, दिउँसो १२ देखि दिउँसो ४ बजेसम्म र बेलुका ६ देखि राति १० बजेसम्म सबै गाडी आवतजावत बन्द हुने सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख प्रदीपमणि निरौलाले बताए ।
यसअघि पनि यस सडक खण्डमा पटक–पटक सूचना निकालेर सडक चौडा पार्ने काम हुँदैआएको थियो । यो सडक खण्ड भएर पाल्पा, गुल्मीलगायतका क्षेत्रका यात्रु दैनिक आवतजावत गर्दछन । यस सडक खण्ड भएर आवतजावत गर्ने यात्रुले वैकल्पिकरूपमा जोर्ते, लुहुङ हुँदै तानसेनको बतासेडाँडाको बाटो प्रयोग गर्ने गरेका छन ।