पोखरा /
पोखरा १७, तल्लो बिरौटामा रहेको फिस्टेल एकेडेमी माध्यमिक विद्यालयले यही फागुन १९ गतेबाट फिस्टेल ओपन हाउस कार्यक्रम सञ्चालन गर्न लागिरहेको छ ।
गुणस्तरीय एवम् विश्वबजारले माग गरेअनुसारको शिक्षा प्रदान गर्दै आइरहेको विद्यालय अतिरिक्त क्रियाकलापमा समेत अब्बल रहेको छ । यो विद्यालय पोखराकै एक मात्र आई.बी.पी.वाई.पी. प्रस्तावित प्रगतिशील विद्यालय हो ।
विद्यालयमा मन्टेस्वरीदेखि कक्षा १२ सम्मको पढाइ सञ्चालन भइरहेको छ । आई.बी.पी.वाई.पी. शिक्षण पद्धति तथा विद्यालयका समग्र गतिविधिका बारेमा नयाँ र पुराना सबै अभिभावकहरूलाई जानकारी दिने उद्देश्यले कार्यक्रम गर्न लागिएको कुरा विद्यालयका संस्थापक अध्यक्ष चिनु रानाभाटले बताए ।
शनिबार हुने कार्यक्रममा अभिभावकहरूले विद्यालय भ्रमण गरी आवश्यक जानकारी लिन सक्ने छन् । यस्तै नमुना कक्षाको प्रदर्शनी, विद्यार्थीहरूद्वारा तयार पारिएका सामग्रीहरूको प्रदर्शनीका साथै विभिन्न सांस्कृतिक कार्यक्रम पनि प्रदर्शन गरिने छ । यसैगरी विभिन्न खेलकुदका कार्यक्रम र फुड स्टलहरूको प्रदर्शनीसमेत रहेको कुरा विद्यालयका सहायक प्रधानाध्यापक कमल लामिछानेले जानकारी दिए ।
शनिबार सञ्चालन हुने कार्यक्रममा राष्ट्रिय स्तरमा ख्यातिप्राप्त व्यक्तिहरूको समेत उपस्थिति रहने छ भने विद्यालय भ्रमणको कार्यक्रम यही फागुन १९ गते शनिबारबाट चैत्र मसान्तसम्म निरन्तर चलिरहने छ।