पोखरा/
श्रीपञ्चमी सरस्वती पूजा को पावन अवसरमा फिस्टेल एकेडेमी पोखराले अक्षराम्भ कार्यक्रम, फिस्टेल बूक क्लबको उद्घाटन तथा पुस्तक मेला र खुल्ला विद्यालय स्तरीय कविता प्रतियोगिता सम्पन्न गरेको छ। प्रतियोगितामा सहभागी विद्यार्थीहरुले विभिन्न विषयमा आफ्ना रचना बाचन गरेका थिए ।
गण्डकी बोडिङ स्कुल, पोखरा आरोही शर्मा ( ५) पुजा र पुस्तक, श्री सत्यवती मा.वि सत्यवती–५,गुल्मी बविता ढकाल (११),सैनिक आवसीय मा.वि पोखरा प्रवीण ढकाल (१२) म किताब, पश्चिमाञ्चल मा.वि पोखरा नम्रता कोइराला शिक्षा, फिस्टेल एकेडेमी मावी, पोखरा रोशन खत्री (१२) किताब बोल्छ, न्यू वेष्ट प्वाइन्ट आवासीय मा वि, बेनीबजार म्याग्दी, शिल्पिका जिसी (९) शिक्षा नै मानिसको अमूल्य गहना, ज्ञान बगैँचा इंग्लिस बोर्डिंङ स्कुल शुक्लागण्डकी, तनहुँ जस्मिन शर्मा (ढ) ज्ञानको महिमा, श्री त्रिभुवन शान्ति नमुना मावी पोखरा, (खुदी) रश्मी गौतम (मेरो पुस्तक), कान्ती मावी बुटवल शिवकुमार उपाध्याय (सरस्वती पूजा), कुमुदिनी होम्स पोखरा रिया श्रेष्ठ (पुस्तक पढेपछि),सृजना मावी, पोखरा विधान सुवेदी (मता सरस्वती) अञ्जुली आवासीय मावी पोखरा सन्तोषी ढकाल (मेरो महाकाव्य), भानुभक्त आवासीय मावी अन्जना सुवेदी (आमा म स्कुल जान्न), वेस्ट प्याइन्ट मावी पोखरा श्रीमद् अधिकारी (सरस्वती माता) लगायतका विषयमा आफ्ना सृजना प्रस्तुत गरेका हुन ।
जसमध्य उत्कृष्ट पाँचमा पर्न सफल तपसिल विद्यालयका प्रतियोगी विद्यार्थीहरु भानुभक्त आवासीय मावीकी अन्जना सुवेदी (आमा म स्कुल जान्न), सैनिक आवसीय मावी पोखरा, प्रवीण ढकाल (म किताब), त्रिभुवन शान्ति नमुना मावी पोखरा , खुदी रश्मी गौतम (मेरो पुस्तक), कुमुदिनी होम्स पोखरा रिया श्रेष्ठ (पुस्तक पढेपछि),अञ्जुली आवासीय मावी पोखरा सन्तोषी ढकाल (मेरो महाकाव्य) रहेका छन ।
कार्यक्रममा मन्तव्य राख्दै प्रमुख अतिथि प्राज्ञ सरुभक्तले विद्यार्थी कविहरुका कविता र वाचन शैलीको प्रशंसा गर्दै विद्यार्थीहरुसँग निरन्तर अन्तर्कृया गर्न आँफु ईच्छुक रहेको र फिस्टेल बुक क्लबको संरक्षकको रूपमा आगामी दिनहरुमा यस् क्लबलाई अरु विद्यालयहरु र अन्य साहित्यिक समूहहरुसँग पनि सहकार्य गर्न भुमिका खेल्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रमका सभापति तथा फिस्टेल एकेडेमीमा अध्यक्ष श्री चीनु रानाभाटले पोखरामा प्रोग्रेसिभ शिक्षाको उत्कृष्ट धरोहरको रूपमा आफ्नो विद्यालयलाई अगाडि बढाउने यात्रामा सबै पोखरेलीहरु र गन्डकी प्रदेशकै साथ सहयोगको प्रशंसा गरेका थिए भने पोखरा प्रकृति र प्रतिभाका हिसाबले अत्यन्तै उर्वर र सुन्दर भुमि रहेको र यहाँको प्रतिभाहरुको प्रस्फुटनका लागि आँफु विद्वान्, प्राज्ञ र सहृदयी समाजका प्रतिष्ठित व्यक्तिहरुको सहयोगमा निरन्तर लाग्ने बताए ।
प्राज्ञ श्री सरुभक्तको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा पत्रकार महासंघ काँस्कीकी अध्यक्ष बिमला भन्डारी तथा पोखरा मनपा वडा न १७ की अध्यक्ष राधिका शाही विशिष्ट अतिथिका रूपमा उपस्थित थिईिन।
विद्यालयका कार्यकारी निर्देशक तथा स्तम्भकार दिनकर नेपालले स्वागत मन्तव्य मार्फत शिक्षा, साहित्य र समाजको पारस्परिक सम्बन्धलाई झन् प्रगाढ बनाउँदै जाने जमर्कोको रूपमा कार्यक्रमको औचित्य प्रस्ट्याएका थिए ।
साहित्यकार श्री सरुभक्तज्यु द्वारा आफ्ना पुस्तकहरु -पागल बस्ती र समय त्रासदीको हस्ताक्षरित प्रति फिस्टेल बुक क्लबलाई हस्तान्तरण गरेर औपचारिक रूपमा क्लबको उद्घाटन गरिएको थियो। उक्त क्लबका संस्थापक संरक्षकको रूपमा श्री सरुभक्तज्युले विशेष शुभाशिष प्रदान गरेका छन।
कविता प्रतियोगिताको निर्णायक मन्डलको संयोजकको रूपमा आफ्नो मन्तव्य राख्दै विद्वान् शिव संकल्प ज्युले फिस्टेल एकेडेमीको साहित्य र समाजलाई जोडेर जाने प्रयास निक्कै सराहनीय रहेको र आजका विद्यार्थीहरुले आफ्नै भाषा र साहित्यलाई बिर्सँदै गएको तितो यथार्थलाई थोरै भएपनि चिर्ने प्रयासको रूपमा यस् अनुष्ठानलाई आँफुले लिएको भावना व्यक्त गरे।
ईमेल तथा प्रत्यक्ष माध्यमद्वारा प्रतिस्पर्धामा बुझाईएका कविताहरु मध्ये शर्टलिस्ट गरिएका १४ विद्यार्थी कविहरुलाई निर्णायकहरुका अगाडि वाचनका लागि बोलाईएको थियो भने उत्कृष्ट ५ कविताहरुलाई यस् कार्यक्रममा वाचन गरिएको थियो।
कार्यक्रममा पत्रकार महासंघ काँस्कीका अध्यक्ष श्री बिमला भन्डारीले विद्यालयलाई शुभकामना दिदै पत्रकार त्रिभुवन पौडेल लगायत अन्य ७१ जना दुस्खद हवाई दुर्घटनामा मृतक प्रति श्रद्धन्जली प्रकट गरेकी थिईन।