सुचना, समाचार र मनोरन्जन

सञ्चार क्षेत्रलाई अब्बल बनाउने गरी काम गर्ने मन्त्री शर्माको भनाई

काठमाडौँ/

माओवादी केन्द्रकी नेतृ एवं सूचना तथा सञ्चार मन्त्री रेखा शर्माले सञ्चार क्षेत्रलाई अब्बल बनाउने गरी काम गर्न चाहेको बताएकी छिन ।

त्रिभुवन पौडेल पत्रकार मात्र नभएर एक कुशल राजनीतिकर्मी पनि रहेको धारणा राख्दै उनको निधनले अपूरर्णिय क्षति भएको शर्माले बताइन । प्रेस सेन्टर नेपालले आयोजना गरेको विमान दुर्घटनामा परी निधन भएका पत्रकार त्रिभुवन पौडेल र अनिल शाहीको श्रद्धाञ्जली कार्यक्रममा उनले सञ्चार क्षेत्रको सुधारका लागि सबैको सहयोग चाहिने बताइन ।

देश बनाउने अभियानमा प्रधानमन्त्री प्रचण्ड लागेको र त्यसलाई सबैले आआफ्नै क्षेत्रबाट सहयोग गर्नुपर्ने उनको भनाई छ ।

कमेन्ट्स
Loading...