सुचना, समाचार र मनोरन्जन

अन्तिम अवस्थामा भए पनि भेट्नुपर्छ भन्ने लागेर प्रेमप्रसाद लाई भेटे: राज्यमन्त्री कार्की

काठमाडौँ/

स्वास्थ्य राज्यमन्त्री डा तोसिमा कार्कीले आफ्नो मनले अन्तिम अवस्थामा भए पनि प्रेमप्रसाद आचार्यलाई भेट्नुपर्छ भनेका कारण अस्पतालमा पुगेर भेटेको स्पष्टीकरण दिएकी छिन ।

गएको मङ्गलवार बानेश्वरमा आत्मदाहको प्रयास गरेका इलामका आचार्यलाई अस्पतालमा भेट्न जाँदा स्वास्थ्य मापदण्ड पूरा नगरेको आरोप खेपिरहनुभएकी कार्कीले आफूले मापदण्ड उल्लङ्घनको कुनै काम नगरेको बताएकी छिन ।

फेसबुकमा स्टाटस लेख्दै मन्त्री कार्कीले भनेकी छिन ‘त्यो संवेदनशील बेलामा पनि मेरो डाक्टरी अभ्यासको बानीले नै होला म आफैँले गाउन मास्क र क्याप मागेर लगाए अनि स्यानिटाइजरले हात धोएर मात्र बिरामी कक्ष पुग्न भ्याएछु । कसले भिडियो लिनुभएको थियो कृपया पूरा भिडियो छ भने हेर्नुहोला मैले बिरामी छुनुअघि र पछि दुवै पटक हातमा स्यानिटाइजर लगाएको छु ।’

उहाँले ८० प्रतिशत जलिसकेको मानिस बचाउन कुनै चमत्कार विना असम्भव रहेकोले सक्दो चाँडो उहाँसँग कुरा गर्न आफूले हतारमा भेटेको कार्कीको भनाइ छ ।

कमेन्ट्स
Loading...