सुचना, समाचार र मनोरन्जन

सिर्जनशीलमा “डरको राजनीति” विषयक अन्तरक्रिया सम्पन्न

पोखरा/
सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराको नियमित मासिक कार्यक्रमअन्तर्गत शनिबार डरको राजनीति विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा संस्थाका सहसचिव मदनप्रसाद बरालले राजनीतिक प्रचारका रुपमा डर स् अलगोरको डरको राजनीतिमा एक अध्ययन शीर्षकको अनुसन्धान पत्रमार्फत राजनीतिज्ञले कसरी आफ्नो वा आफ्नो पार्टीको पक्षमा जनमत सिर्जना गर्न डरको भ्रम फैल्याउँछन् भन्ने तथ्यलाई अमेरिका र नेपालका सन्दर्भमा रहेर प्रष्ट पारे ।
अनुसन्धानमा बरालले अमेरिकी संस्थापन पक्ष र तत्कालीन राष्ट्रपति जर्जडब्लुबुसले स्लाम समुसाय र उनीहरुका क्रियाकलापप्रति घृणा व्यक्त गर्दै उनीहरुबाट अमेरिकामा त्रास बढेको भन्दै यो कथनलाई चुनाव जित्ने अवसरका रुपमा उपयोग गरेकोमा अलगोरले यो आरोप झुटो हो भनी खण्डन गरेको र जनतालाई सुसूचित बनाउन अलगोरको अभियान केही हदसम्म सफल भएको दाबी गरे। नेपालमा पनि केही राजनीतिक पार्टीहरुले यस्ता लोभ, डर र त्रासजन्य सङ्कथनका आधारमा शक्ति र सत्तामा पुगेका भए पनि यस्ता कार्य साँचो र दिगो नहुने बताएका छन । अनुसन्धान पत्रमाथि टिप्पणी गर्दै डा। नवराज न्यौपानेले अनुसन्धान पत्रलाई अझ वस्तुपरक,परिष्कृत र अनुसन्धानमुखी बनाउनुपर्नेमा जोड दिए। उनले सङ्कथन विश्लेषणको ऐतिहासिक पृष्ठभूमि, सङ्कथनका प्रकार, सङ्कथन विश्लेषणका आधार दिँदै अनुसन्धानमूलक लेखमा लेखकीय दृष्टिकोण र तथ्यांकको विश्लेषण सबल रहनुपर्ने सन्दर्भमा जोड दिए।
कार्यक्रममा डा।यामनाथ तिमल्सेना, डा।लक्ष्मीशरण अधिकारी, डा।भूमिराज बस्ताकोटी, पूर्व अध्यक्ष दीपेन्द्र पराजुली, डा।पितृराज बास्तोला,डा।भावना पोखरेल, साहित्यकार वसन्त पराजुली, सुरज पौडेललगायतले सङ्कथन, डरको राजनीति, नेपाल र विश्वको सन्दर्भ,हाम्रो सामाजिक र सांस्कृतिक सन्दर्भ तथा अनुसन्धान पत्रका बाह्य र आन्तरिक पक्षका विषयमा तर्कपूर्ण अभिमत राखेका थिए ।
संस्थाका अध्यक्ष विष्णुप्रसाद शर्माको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव भानुभक्त आचार्यले गरेका थिए । संस्थाले हरेक महिनाको दोस्रो शनिबार साहित्यिक, समालोचनात्मक,र अनुसन्धानमूलक कार्यक्रम गर्दै आएको संस्थाका उपाध्यक्ष हिमामाया पौडेलले जानकारी दिइन् ।

कमेन्ट्स
Loading...