पोखरा/
रोटर्याक्ट क्लब अफ न्यूरोड पोखरा, रोटर्याक्ट District 3292 अन्तर्गत जोन १६ र १७ मा आवद्ध भएका रोटर्याक्ट क्लबहरु बिचमा भएको स्व. रोटरीयन कृष्ण थापा स्मृति जोनल फुटसल प्रतियोगितामा विजयी भएको छ ।
उक्त प्रतियोगिता पोखरा रङ्गशाला कबड हलमा भएको थियो । जम्मा १९ वटा क्लबहरु मध्ये ५ वटा महिला रोटर्याक्ट, १२ वटा पुरुष रोटर्याक्ट र २ वटा रोटरी समूह सहभागी भएका थिए ।
महिला तर्फ रोटर्याक्ट क्लब अफ पोखरा गण्डकी मेडिकल कलेज, पुरुष तर्फ रोटर्याक्ट क्लब अफ न्यूरोड पोखरा र रोटरी तर्फ रोटरी क्लब अफ पोखरा लेकसाइडले उपाधि हात पार्न सफल भएको थियो । अत्यन्त प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलमा महिला तर्फ उत्कृष्ट खेलाडी तथा गोलकिपर रोटर्याक्ट क्लब अफ पोखरा गण्डकी मेडिकल कलेजकी खेलाडीले हाँसिल गरिन भने पुरुष तर्फ रोटर्याक्ट क्लब अफ न्यूरोड पोखराका खेलाडीले हाँसिल गरे ।
यस्ता खालका प्रतियोगिताहरु गर्दै गर्दा रोटर्याक्ट क्लबमा आवद्ध भएका पोखराका युवाहरुबिच आत्मियता बढ्ने र समाजमा रोटर्याक्ट र रोटरीको पहिचान चिनाउन सहज हुने कुरा कार्यक्रमका सह–आयोजक रोटर्याक्ट क्लब अफ न्यूरोड पोखराका अध्ययक्ष रो.उत्सव ढकालले जानकारी गराए । साथै फुटसल प्रतियोगिता हरेक बर्ष स्व. रोटरीयन कृष्ण थापाको स्मृतिमा हुने गर्दछ ।
कार्यक्रमको मुख्य आयोजक रोटर्याक्ट क्लब अफ पोखरा मिड टाउन र सह–आयोजकमा रोटर्याक्ट क्लब अफ अन्नपूर्ण पनि रहेको थियो ।
