काठमाडौँ/
अनन्त थापा राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षक नियुक्त भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाले अनन्तलाई भारत विरुद्ध हुने मैत्रीपूर्ण खेलका लागि प्रशिक्षक नियुक्त गरेको जनाएको छ । आइतबार एन्फा मुख्यालयमा एन्फा महासचिव किरण राईले थापालाई नियुक्ती पत्र प्रदान गरे ।
गंगा गुरुङ सहायक प्रशिक्षक र सुरजकुमार लामा गोलकिपिङ प्रशिक्षक नियुक्त भएका छन् । बृन्दा देवान टिम म्यानेजर नियुक्त भएकी छन् । नेपालले फेब्रुअरी १३ देखि २५ भित्रमा भारतसँग मैत्रीपूर्ण खेल खेल्ने तालिका छ । घरेलु फुटबलमा ए डिभिजन क्लब नेपाल पुलिसको प्रशिक्षक रहेका अनन्तलाई एन्फाले भारतसँगको खेलका लागि मात्रै प्रशिक्षक नियुक्त गरेको हो ।
उनले टिमको बन्द प्रशिक्षक केही दिनमै सुरु हुने र खेलाडीको सूची छिटै सार्वजनिक हुने जानकारी दिए ।