सुचना, समाचार र मनोरन्जन

प्रधानमन्त्री र अमेरिकी उपविदेश मन्त्रीबीच भेटवार्ता

काठमाडौँ/

अमेरिकाकाको विदेश मन्त्रालयको राजनीतिक मामिला हेर्ने उपमन्त्री भिक्टोरिया नुल्याण्डले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग शिष्टाचार भेटवार्ता गरेकी छन् । आइतबार साँझ नेपाल आइपुगेकी नुल्याण्ड प्रधानमन्त्रीलाई भेट्न बालुवाटार पुगेकी हुन् ।

प्रधानमन्त्रीको सचिवालयले दुईजनाबीच दुई पक्षीय साझेदारीका विभिन्न विषय तथा आपसी हितका विषयमा छलफल भएको जानकारी दिएको छ । नयाँ सरकार बनेपछि अमेरिकाबाट भएको यो पहिलो उच्चस्तरीय भ्रमण हो ।

कमेन्ट्स
Loading...