काठमाडौँ/
काठमाडौँ महानगरपालिकाले महानगरवासीको आधारभूत स्वास्थ्य अवस्थाबारे सर्वेक्षण गर्ने तयारी गरेको छ । सर्वेक्षणमार्फत नागरिकका स्वास्थ्य अवस्थाबारे जानकारी प्राप्त हुने र त्यसपश्चात उपचार तथा स्वस्थ्य जीवनयापनमा सहज हुने विश्वासका साथ सर्वेक्षणको तयारी गरिएको महानगरका स्वास्थ्य सल्लाहकार डा. जगदीश अग्रवालले बताए ।
‘शहरमा नसर्ने तर दीर्घ रोगका बिरामीहरुको संख्या बढ्दै गइरहेको छ, यस्ता बिरामीहरुले नियमित औषधि सेवन गर्नुपर्ने हुन्छ । निश्चित मात्रा पूरा गर्नुपर्छ, यसको निगरानी वडास्तरीय स्वास्थ्य प्रबर्द्धन केन्द्रबाट गर्ने योजना हो’ उनले भने । स्वास्थ्य प्रबर्द्धन केन्द्रबाट गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह हुने उनको भनाइ छ ।

सर्वेक्षणका लागि स्वास्थ्यसम्बन्धी कसलाई के समस्या छ, उपचार कहिलेबाट सुरु गरिएको हो रु कुन औषधि प्रयोग भइरहेको छ रु औषधि कति समयसम्म प्रयोग गर्नुपर्छ रु प्रयोगशाला जाँच कहिले भएको थियो रु अब कहिले गर्नुपर्छ रु क्लिनिकमा कहिले जानुपर्छ रु औषधि लिन कहिले जानु पर्छ रु घरमा भएको औषधिले कहिलेसम्म पुग्छ रु जस्ता प्रश्नावली तयार गरिएको उनले बताए ।
दीर्घ रोग भएका व्यक्तिको उपचारसँग सम्बन्धित विवरण डिजिटल प्रणालीमा राखेर काम थालनी गर्ने उनले बताए ।