सुचना, समाचार र मनोरन्जन

पोखरामा नौ स्कुलका विद्यार्थीबीच वक्तृत्वकला प्रतियोगिता,अमरसिंह माविका अधिकारी भए प्रथम

कास्की : 

पोखरा महानगरपालिका वडा नम्वर १२ ले वक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ । मंगलबार भएको उक्त प्रतियोगितामा अमरसिंह माविका कृतज्ञ अधिकारी प्रथम भएका छन् । त्यस्तै ग्लोवल कलेडियट माविका आर्य हमाल दितीय भए ।

विजेता दुईजनालाई वडाले क्रमश पाँच हजार र चार हजार रुपैयाँ सहित प्रमाणपत्र दियो ।सोही प्रतियोगितामा बाल विद्या मन्दिरका प्रविण गुरुङ तृतीय भएका छन् । उनले नगद तीन हजार रुपैयाँ सहित प्रमाणपत्र प्राप्त गर्न सफल भए । यता सरस्वती आधारभुत विद्यालयकी स्वेच्छा क्षेत्रीले सान्त्वना पुरस्कार हासिल गर्न सफल भइन् । उनले आयोजकले नगद एक हजार सहित प्रमाणपत्र वितरण गर्यो ।

वक्तृत्वकला प्रतियोगितामा नौ वटा विद्यालयले सहभागिता जनाएका थिए । वाल वडा मन्चले कार्यक्रमको सहजिकरण गरेको थियो । वडाध्यक्ष सन्तोष बास्तोकाका अनुसार बालबालिकालाई बोल्ने शैलीको विकास गर्ने उदेश्यले वक्तृत्वकलाको आयोजना गरिएको हो ।

कमेन्ट्स
Loading...