सुचना, समाचार र मनोरन्जन

जनप्रिय बहुमुखी क्याम्पसमा तेस्रो हल्ट प्राइज आयोजना हुने

नेपाली पब्लिक प्रालि काठमाण्डौँ र फेवा मिडिया प्रालि पोखरालाई मिडिया पार्टनर

पोखरा /

पोखराको सिमलचौर स्थित त्रिभुवन विश्वविद्यालय अन्तर्गतको जनप्रिय बहुमुखी क्याम्पसमा हल्ट प्राइज प्रतियोगिता सञ्चालन हुने भएको छ। विद्यार्थीहरूको नोबेल पुरस्कार भनेर चिनिने यो कार्यक्रम जनप्रिय क्याम्पसमा तेस्रो पटक हुन लागेको हो ।

यसको लागि जनप्रिय बहुमुखि क्याम्पसमा अध्ययनरत विद्यार्थी दामोदर भुसाल ‘हल्ट प्राइज’ जनप्रिय क्याम्पस निर्देशक छनोट समेत भइसकेका छन् । उनका अनुसार आयोजक कमिटी पनि गठन भैसकेको र आफुहरू कार्यक्रम आयोजना गर्नका लागी तयार रहेको जानकारी दिए ।

यो पुरस्कार कार्यक्रममा विद्यार्थीहरुलाई सामाजिक मुद्धाहरु जस्तै खाना, सुरक्षा, खानेपानीको उपलब्धता, उर्जा तथा शिक्षासँगै संयुक्तराष्ट्रसंघको दिगो विकास, भावी योजनाजस्ता विभिन्न शीर्षकमा रहेका समस्याको समाधान गर्ने चुनौती दिइन्छ र विजेता हुनेविद्यार्थीहरुलाई एक मिलियन डलरसहित हल्ट पुरस्कारले सम्मान गरिन्छ। बेर्टिल हल्टले यो पुरस्कार स्थापना गरेका हुन्।

हल्ट प्राइज फाउण्डेशनको सहकार्यमा यो प्रतियोगिता सञ्चालन हुन्छ। स्वीडेनका अर्बपति बर्टिल हल्टद्धारा स्थापित हर्ट बिजनेश स्कूलका एमबीएहरुको अग्रसरतामा स्थापित यो पुरस्कार विजेता टिमलाई सामाजिक उद्यम सञ्चालनको लागि बीउ पुँजीको रुपमा १० लाख अमेरिकी डलर पुरस्कार दिइन्छ ।

हल्ट एजुकेशन फष्र्ट भन्ने संस्थाका संस्थापक पनि हुन् । अमेरिकाका पूर्वराष्ट्रपति बिल क्लिन्टनले यो प्रतियोगिताको विश्वले सामना गरिरहेको चुनौतिको शीर्षक हरेक बर्षको सेप्टेम्बर महिनामा यसको विजेता घोषणा गरिन्छ । बंगलादेशका नोबल पुरस्कार विजेता मोहम्मद युनुसले यो पुरस्कारलाई विद्यार्थीका लागि नोबल पुरस्कार भनेका छन् ।

विश्वविद्यालयका विद्यार्थीको भीडबाट विश्वले सामना गरिरहेका चुनौतिको सामना गर्ने उत्कृष्ट विचार लिने अभिप्रायले यो प्रतियोगिता सुरु भएको हो । यसको बार्षिक कार्यक्रम अन्तरगत डिसेम्बरदेखि मार्चसम्म विश्वविद्यालयका क्याम्पस कार्यक्रममा सहभागी गराइन्छ । त्यहाँ उत्कृष्ट हुनेलाई अप्रिलदेखि मेसम्म हुने क्षेत्रीय सम्मेलनमा सहभागी गराइन्छ । त्यसमा पनि उत्कृष्ट हुनेलाई जुनदेखि अगष्टसम्म हुने ग्लोबल एक्सिलरेटर सम्मेलनमा सहभागी गराइन्छ ।

जनप्रिय क्याम्पसमा आयोजना हुन लागेको हल्ट पुरस्कार प्रतियोगिताको लागि आवेदन छिट्टै नै खुल्ला गरिने उक्त कलेजले बताएको छ।प्रतियोगितामा सहभागी हुन चाहने विद्यार्थीले ३ देखि ४ जनासम्मको समूह बनाइ सहभागी हुन सक्ने छन्। यसरी दर्ता भएको समूहलाई दिइएको समस्या समाधानको उपाय प्रस्तुत गर्नुपर्छ। प्रतियोगीले प्रस्तुत गरेको समस्या समाधानको उपायलाई निर्णायकले मुलयांकन गरी विजेता छनौट गर्ने छन् ।

यस वर्ष हुन लागेको हल्ट पुरस्कार प्रतियोगिताको थिम ”रि डिजाइनिङ्ग फेसन” रहेको छ। लाखौ मानिसलाई प्रभाव पार्न सक्ने नविन विचारहरुलाई विश्वव्यापी प्रतिस्पर्धा गराई उत्कृष्ट विचारलाई सामाजिक उद्यमशिलता प्रवद्र्धनमा लगाउने उद्देश्यले विश्वका १५० भन्दाबढी देशमा हल्ट पुरस्कार प्रतियोगिता सञ्चालन हुने गरेको छ। सोमबार जनप्रिय बहुमुखी क्याम्पसमा हल्ट प्राईज २०२३ को पहिलो कार्यक्रम दामोदर भुसाल को अध्यक्षतामा सम्पन्न भयो।

आजको पहिलो सेसन को प्रशिक्षक पूर्व हल्ट पोखरा बिश्विबिध्यालय का क्याम्पस डिरेक्टर आशिष लामिछानेले दिएका थिए । कार्यक्रममा दिव्या न्यौपाने , सुबास तामाङ ,आदर्श खतिवडा र आबिस्कर केसि उपस्थीति रहेको थियो । प्रतियोगीतामा उत्कृष्ट हुनेलाई सेप्टेम्बरमा हुने ग्लोबल फाइनलमा सहभागी गराइने क्याम्पस डाइरेक्टर दामोदर भुसालले जानकारी दिए ।

ग्लोबल फाइनलमा पुगेको टिमले अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्र संघको प्रधान कार्यालयमा आफ्नो व्यवसायको प्रदर्शन प्रस्तुति दिन पाउने छ । निर्णायक मण्डलबाट विजयी घोषित टिमले आफ्नो व्यवसायलाई अगाडि बढाउन १० लाख डलर नगद पुरस्कार पाउने छ । नेपाली पब्लिक प्रालि काठमाण्डौँ र फेवा मिडिया प्रालि पोखरालाई मिडिया पार्टनर नियुक्त भएको क्याम्पस डाइरेक्ट्रर दामोदर भुसालले जानकारी दिए ।

कमेन्ट्स
Loading...