सुचना, समाचार र मनोरन्जन

क्यानको साधारणसभा फागुन १४ र १५ गते सुर्खेतमा

काठमाडौँ/

नेपाल क्रिकेट संघ ९क्यान०को साधारणसभा फागुन १४–१५ मा सुर्खेतमा आयोजना हुने भएको छ । पोखरामा बसेको कार्यसमिति बैठकले अर्को महिना वार्षिक साधारणसभा गर्ने निर्णय गरेको कोषाध्यक्ष रोशनबहादुर सिंहले जानकारी दिए।

नेपाल टी–२० लिगका लागि व्यापारिक तथा रणनीतिक साझेदारीका रुपमा भित्रिएको विवादित भारतीय कम्पनी सेभेन थ्रीसँगको सम्झौता रद्ध गर्नेबारे साधारणसभाले नै निर्णय गर्नेछ । ‘अघिल्लो वर्ष फागुनमै भएको साधारणसभाले पारित गरेपछि सेभेन थ्रीसँग सम्झौता भएको हो ।

नेपाल क्रिकेट संघ (क्यान)आफैंले आयोजना गरेको प्रतिष्ठित भनिएको नेपाल टी–२० लिगमा लाइभ बेटिङ र स्पट फिक्सिङमा साझेदार संस्था सेभेन थ्रीकै प्रत्यक्ष संग्लग्नता भेटिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सार्वजनिक गरिसकेको छ ।

कमेन्ट्स
Loading...