सुचना, समाचार र मनोरन्जन

राजासहितको हिन्दु राष्ट्र स्थापना गर्न संविधानले पनि रोक्न सक्दैन: धवलशमशेर राणा

काठमाडौँ/

राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री डा। धवलशमशेर जबराले संसदमा आफूहरुलाई नहेप्न आग्रह गरेका छन् । बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले आफूहरुलाई हिन्दुराष्ट्र र राजासहितको प्रजातन्त्र स्थापित गर्नकै जनताले मत दिएको भन्दै संसदमा नहेप्न आग्रह गरेका हुन् ।

बुधबार नै प्रतिनिधिसभा बैठकमा एमाले सांसद रघुजी पन्तले राप्रपाबाट मन्त्री बनेका नेताहरुले हिन्दुराष्ट्र र राजतन्त्रको वकालत गरेको भन्दै विरोध जनाएका थिए । राप्रपा नेता राणाले आफ्नो बोल्ने पालोमा धर्मनिरपेक्षता र गणतन्त्रलाई संविधानले अपरिवर्तनीय विषय नमानेकाले बोल्न पाउनुपर्ने बताए ।

आफूहरुलाई हिन्दु राष्ट्र र राजसंस्थाको वकालत गर्न जनताले मत दिएको पनि महामन्त्री राणाले बताए । ‘यो व्यवस्था नमान्ने भएको भए हामी जंगल जान्थ्यौं, यही व्यवस्था र यही संविधानभित्र बसेर यो संविधानलाई हामीले बोकेका मूल्य मान्यताभित्र परिवर्तन गर्न राष्ट्रिय प्रजातन्त्र पार्टीलाई जनताले भोट दिएर हामी आएको उनको भनाई छ ।

कमेन्ट्स
Loading...