पोखरा /
गण्डकी प्रदेशका नीति तथा योजना आयोग गण्डकीका उपाध्यक्षसहित सदस्यहरुले बुधबार सपथ लिएका छन् ।
गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले उपाध्यक्ष डाक्टर गिरिधारि शर्मा पौडेल सदस्यद्वय डा. सुभाष अधिकारी र डा. शान्ताकुमारी खत्रीलाई सपथ खुवाएका हुन् । आइतबारको मन्त्रिपरिषद बैठकले उनीहरुको नियुक्तिको निर्णय गरेको थियो ।