पोखरा /
एस.आई. युके कन्सल्टेन्सीले पोखरामा ‘द लार्जेस्ट युके एजुकेशन फेयर २०२३’ आयोजना गर्ने भएको छ। यही माघ २२ {फेब्रुअरी ५} गते पोखरामा हुने एजुकेशन फेयरको तयारी पुरा भएको कन्सल्टेन्सी पोखराका प्रमुख सागरबाबु गिरीले बताए ।
फेयरमा विद्यार्थी तथा अभिभावकले युकेमा रहेका प्रतिष्ठित २५ भन्दा धेरै विश्वविद्यालयका प्रतिनिधिहरुसँग सिधै भेट्न तथा आफ्ना जिज्ञासा राख्न पाउने भएका हुन् ।
युकेमा अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई लक्षित गरी फेयर आयोजना गरिएको हो । फेयरमा विद्यार्थी तथा अभिभावकले युकेमा रहेका प्रतिष्ठित २५ भन्दा धेरै विश्वविद्यालयका प्रतिनिधिहरुसँग सिधै भेट्न तथा आफ्ना जिज्ञासा राख्न पाउने भएका हुन् ।
फेयरमा सहभागी हुने विद्यार्थीहरुलाई स्मार्ट फोन, फिल्म टिकट र उत्कृष्ट पाँच जना विद्यार्थीलाई हवाई टिकटलगायत विभिन्न उपहार प्रदान गरिने एस आई युके कन्सल्टेन्सीका प्रमुख गिरीले जानकारी दिए ।
पहिलो पटक युकेलाई नै केन्द्र बनाएर हुन लागेको फेयर पोखराको न्यूरोडमा रहेको सिटी स्क्वायरमा माघ २२ गते बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ।
पहिलो पटक युकेलाई नै केन्द्र बनाएर हुन लागेको फेयर पोखराको न्यूरोडमा रहेको सिटी स्क्वायरमा माघ २२ गते बिहान ११ बजेदेखि अपराह्न ४ बजेसम्म हुनेछ। फेयरमा सहभागी भएर विदेशमा उच्च शिक्षा अध्ययनका लागि आवश्यक पर्ने सम्पूर्ण जानकारी लिन एस.आई.युके कन्सल्टेन्सीले आग्रह समते गरेको छ ।