पोखरा /
पोखरा म्याराथनलाई कुमुदिनी होम्स मावि र नेपाल टुरिजम एण्ड होटल म्यानेजमेन्ट कलेज (एनटिएचएमसी)ले सहयोग गर्ने भएका छन् ।
नेपाली अग्रज खेलाडीहरुको छाता संस्था नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा हुने १७ औं संस्करणको पोखरा अन्तर्राष्ट्रिय म्याराथनलाई सहयोग गर्ने भएका हुन् । पोखरा ४ गैह्रापाटनस्थित कुमुदिनी होम्स माविले छात्र÷छात्रा ५ किमि दौडको द्वितिय पुरस्कार स्वरुप १०÷१० हजारका दरले नगद २० हजारले सहयोग गर्ने विद्यालयका अध्यक्ष तथा शिक्षाप्रेमी अशोक पालिखेले जानकारी दिए ।
“कुमुदिनी होम्सले विगत तिन वर्ष देखि विद्यालयस्तरिय दौडमा सहयोग गर्दै आएका छौं । नेपालकै जेठो म्याराथनलाई सहयोग गर्न पाउँदा विद्यालय परिवार निकै खुसी छ,” समाजसेवी तथा संस्कृतीप्रेमी समेत रहेका पालिखेले भने–“पोखरा म्याराथनले पोखरेलीहरुलाई खेलकुद अभियानमा जोड्न भूमिका खेलेको छ भने यूवा खेलाडी उत्पादनमा समेत महत्वपूर्ण योगदान मिल्ने छ ।”
यसै गरी विगत साढे दुई दशक देखि पोखरामा होटल म्यानेजमेन्ट विषयमा अध्ययन अध्यापन हुँदै आएको एनटिएचएमसीले ५ किमि छात्र–छात्रा दौडतर्फ नगद पुरस्कार राशी रु १५–१५ हजार गरी ३० हजार सहयोग गर्ने भएको कलेजका अध्यक्ष पालिखेले बताए ।
कुमुदिनी र एनटिएचएमसीले पुरस्कार राशीमा विगतमा जस्तै गरी सहयोग गर्ने भए पछि मञ्चका अध्यक्ष हरिप्रसाद पराजुलीले आभार व्यक्त गर्दै पोखरा म्याराथनमा सहयोगका लागि अघि आउनु शुखद भएको बताए । उनले भने–“यो हाम्रो लागि गौरव गर्ने विषय हो । शिक्षण संस्थाहरु समेत पोखरा म्याराथनलाई सहयोग गरेका छन् । म सहयोगका लागि सबै उद्योगी तथा व्यवसायीहरुलाई आग्रह गर्छु ।”