सुचना, समाचार र मनोरन्जन

लोकसेवाबाट सेवा प्रवेश गरेका बहालवाला कर्मचारीलाई उमेर हद नलगाइने

काठमाडौँ/

सर्वोच्च अदालतले लोकसेवा आयोग पास गरी जुनसुकै तहमा ९सङ्घ, प्रदेश र स्थानीय० कार्यरत बहालवाला कर्मचारीलाई आयोगले खोल्ने विज्ञापनमा उमेर हद लगाएर नरोक्न अन्तरिम आदेश दिएको छ । सर्वोच्च अदालतका न्यायाधीश कुमार चुडालको इजलासले शुक्रवार यस्तो आदेश दिएको हो ।

नेपाल निजामती कर्मचारी सङ्गठनका तर्फबाट अवकाशप्राप्त उपमहासचिव युवाचन्द्र घिमिरेले लोकसेवा आयोगलाई विपक्षी बनाएर दिएको रिट निवेदन दिएका थिए । आदेशमा ३५ वर्ष उमेर पूरा भएका कारणबाट परीक्षामा सामेल नगराउने कार्यबाट उनीहरूको वृत्ति विकासमा असर पुग्न सक्ने देखिएको भन्दै अदालतले विज्ञापनमा समावेश गराई परीक्षामा संलग्न गर्न भनेको छ ।
अदालतले कर्मचारी समायोजन ऐन २०७५ बमोजिम प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरू निजामती सेवा सम्बन्धी ऐन बमोजिम उम्मेदवार हुन पाउने व्यवस्था गरेको स्मरण समेत गराएको छ ।

कमेन्ट्स
Loading...