सुचना, समाचार र मनोरन्जन

मलेसियाले नेपाली श्रमिकलाई सेवा सुविधामा विभेद नगर्ने र तलब बढाउने

काठमाडौँ/

मलेसियाले नेपाली श्रमिकलाई स्थानीय श्रमिक सरह सेवा सुविधा दिने प्रतिबद्धता व्यक्त गरेको छ ।

तीन दिने नेपाल भ्रमणमा रहनुभएका मलेसियन गृहमन्त्री फुद्दिन नासुसन इजमाइलले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रीसहितको श्रम मन्त्रालयको टोलीसँग भेटवार्ता गर्दै नेपाली श्रमिकलाई ज्यालामा विभेद नगर्ने भन्दै मलेसियाका स्थानीय श्रमिक सरह सेवा सुविधा दिने प्रतिबद्धता व्यक्त गर्नुभएको श्रम मन्त्री डोलप्रसाद अर्यालले जानकारी दिए ।

छलफलपछि मलेसियन गृहमन्त्री फुद्दिन नासुसनले मलेसियाले छिट्टै नयाँ श्रमिक नीति बनाउने र यो नीतिमा श्रमिकको ज्यालामा वृद्ध गरिने बताएका छन। मलेसियामा काम गरिरहेका तर विभिन्न कारणले कानुनी हैसियतमा नरहेका नेपालीहरूका लागि ‘रि क्यालिब्रेसन प्लान’ अघि सारेको पनि उनले जानकारी दिए ।

‘मलेसियाले नयाँ श्रम नीति बनाउँदै छ, आजको भेटमा पनि यही नीतिको बारेमा छलफल भएको छ ’ गृह मन्त्री फुद्दिन नासुसनले भन्नुभयो ‘हामी श्रमिक अनुकूलको नीति निर्माण गरिरहेका छौँ ।’

अहिले २ लाख ८५ हजार ७६८ जना नेपालीहरू मलेसियामा कार्यरत रहेको पनि उहाँले जानकारी दिए । जसमध्ये उत्पादनमूलक क्षेत्रमा १ लाख ८५ हजार कार्यरत रहेको र बाँकी ७० हजार जना नेपालीहरू मलेसियामा सुरक्षा गार्डका सुरुमा काम गरिरहेको उनको भनाइ छ ।

शुक्रबार काठमाण्डौस्थिती सोल्टी होटलमा भएको भेटका क्रममा दुई सरकारबीचको सम्बन्धलाई थप मजबुत बनाउने, नेपाल र मलेसियाबीच भएको श्रम समझदारी नवीकरण लगायतको विषयमा समेत छलफल भएको श्रम मन्त्री अर्यालले जानकारी दिए ।

कमेन्ट्स
Loading...