सुचना, समाचार र मनोरन्जन

त्रिविमा फागुनदेखि अनिवार्य विद्युतीय हाजिरी

काठमाडौँ/

त्रिभुवन विश्वविद्यालय कार्यकारी परिषदले त्रिवि अन्तर्गतका सबै क्याम्पस, कार्यालय तथा निकायहरुमा फागुन १ गतेदेखि विद्युतीय हाजिरी अनिवार्य लागू गर्ने पुनःनिर्णय गरेको छ ।

माघ ५ गते बसेको कार्यकारी परिषद्को बैठकले फागुन १ गतेदेखि हस्तलिखित हाजिरी पूर्ण रुपमा खारेज गरी विद्युतीय हाजिरी लागू गर्ने निर्णय गरेको हो । विद्युतीय हाजिरीको व्यवस्था विपरीत तलब–भत्ता भुक्तानी गरे सम्बन्धित शिक्षक, कर्मचारी, भुक्तानी दिने तत्कालीन समयका लेखा प्रमुख र निकाय प्रमुखबाट असुल गर्ने निर्णयमा भनिएको छ।

परिषदले त्रिविका सबै पदाधिकारी, शिक्षक, कर्मचारीले तोकिएको समयमा इलेक्ट्रोनिक डिभाइसमा हाजिरी गर्न गराउन निर्देशन दिएको छ । कामको प्रकृति अनुसार कुनै शिक्षक, कर्मचारीलाई इलेक्ट्रोनिक डिभाइसमा हाजिरी गराउन नसकिने भनी निज कार्यरत निकाय प्रमुखबाट यथार्थ प्रमाणको आधारमा प्रमाणित भई हाजिरी रजिष्टरमा मात्र हाजिरी गराउनुपर्ने अवस्था रहेमा केन्द्रीय कार्यालयको हकमा रजिष्टरको तथा अन्य निकायहरुको हकमा कार्य समिति कार्यान्वयन समितिको पूर्व स्वीकृति लिनुपर्नेछ ।

कमेन्ट्स
Loading...