काठमाडौँ/
पर्वतको कुश्मा नगरपालिका-५ मा रहेको बडागाउँ भिरमा अड्किएका एक जना व्यक्तिको सकुशल उद्धार गरिएको छ । कुश्मा नगरपालिका(७ दुर्लुङ्गचोकका ५३ वर्षीय गौतम गिरी हिँड्ने क्रममा हिजो भिरमा खसेका थिए । सशस्त्र प्रहरीले आज उनको सकुशल उद्धार गरेको हो ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर २५ गण चण्डिका पर्वतबाट सशस्त्र प्रहरी निरीक्षक केशव शर्माको नेतृत्वमा खटिएको टोलीले रोप रेस्क्युु विधि अपनाइ उनलाई करिब १५ मिटर तलबाट उद्धार गरेको हो।
उद्धार पश्चात गिरीलाई उपचारको लागि जिल्ला अस्पताल पर्वत पठाइएको थियो । उनको अवस्था सामान्य रहेको अस्पतालले जनाएको छ ।