काठमाडौँ /
अभिनेत्री स्वस्तिमा खड्कालाई साउथ इन्डियन चलचित्रबाट अफर आएको छ ।
राजिव सेट्ठीले निर्देशन गर्ने चलचित्र ‘थिरिमाली’को लागि अफर गरिएको हो । यस चलचित्रलाई दक्षिण भारतिय चलचित्र निर्माण कम्पनी ‘एञ्जल मारीया सिनेमाज’ ले बनाउँदैछ ।
अहिले निर्माण पक्ष स्वस्तिमालाई भेट्नको लागि नेपाल आइपुगेको छ । स्वस्तिमा र निर्माण कम्पनीबीच छलफल चलिरहेको छ । तर, सम्झौता भने भएको छैन ।
आफूलाई चलचित्रबाट अफर आएपनि गर्ने वा नगर्ने पक्का नभएको स्वस्तिमा बताउँछिन् । तर, चलचित्रलाई लिएर स्वस्तिमा सकरात्मक देखिएकी छिन् ।
उक्त चलचित्र निर्माणमा नेपालबाट ‘अनन्या फिल्मस्ले सहकार्य गर्दैछ । चलचित्रमा केही दक्षिण भारतिय कलाकार र केही नेपाली कलाकारको अभिनय रहनेछ । नेपाल र भारतमा छायांकन गरिने यस चलचित्र नेपाली र हिन्दीसँगै विभिन्न ८ भाषामा तयार हुनेछ ।’