काठमाडौँ/
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक नै नभएको ठाउँमा पुल बनाउनेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। गोरखाको गोरखा नगरपालिका–३ मा बाटो नभएको ठाउँमा पुल बनाएपछि गण्डकी प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयका तत्कालीन सचिव ईश्वरचन्द्र मरहट्टासहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।
आयोगले सचिव मरहट्टासहित प्रदेशको भौतिक पूर्वाधार मन्त्रालयअन्तर्गतको प्रदेश सडक निर्देशनालयका तत्कालीन निमित्त निर्देशक रामकुमार श्रेष्ठ र पूर्वाधार विकास कार्यालय गोरखाका सिनियर डिभिजनल इन्जिनियर ओमराज ढुंगानाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।

प्रदेश सरकारले गोरखा नगरपालिकाको जरेबरमा नारेश्वरमा सडक नै नभएको ठाउँमा पुल बनेको सार्वजनिक भएको थियो। आवश्यक नै नभएको ठाउँमा हचुवाका भरमा सार्वजनिक सम्पत्तिको दुरुपयोग भएको भन्दै अख्तियारले छानबिनपछि मुद्दा लगाएको हो।