सुचना, समाचार र मनोरन्जन

नायिका साम्राज्ञीलाई साथ दिदै नायक पुष्प

पोखरा /

नायिका साम्राज्ञी राज्यलक्ष्मी शाहले चलचित्र ‘तिम्रो मेरो साथ’का केही तस्वीर सार्वजनिक गरेकी छिन् ।

सार्वजनिक गरिएको तस्वीरमा उनी चलचित्रका मुख्य नायक पुष्प खड्कासँग रोमान्टिक देखिएकी छिन् । पछिल्लो समयकी हिट अभिनेत्री हुन् साम्राज्ञी राज्य लक्ष्मी शाह । शाहले हालै फिल्म ‘तिम्रो मेरो साथ’ को छायाँकन सकाएकी छन् ।फिल्मको केही दिन पहिले पोखरामा सुटिङ सकिएको थियो ।

रमेश एम के पौडेलको निर्देशनमा तयार भएको चलचित्रमा साम्राज्ञी र पुष्पको साथमा सन्दिप क्षेत्री, सरोज खनाल, खबपु, इमिली लामा, धु्रव दत्तको पनि मुख्य भूमिका रहेको चलचित्रका निर्देशनक पौडेलले जानकारी दिनुभयो । पोखरामा एक गीतको छायांकनका क्रममा पुष्प र साम्राज्ञी स्विमिङ पूलमा देखिएका हुन् ।

कमेन्ट्स
Loading...